नख्खुबाट भागेर बालेनको कोठा फोर्ने मनिषसहित तीनैजना पटके ‘अपराधी’ « Khabarhub

नख्खुबाट भागेर बालेनको कोठा फोर्ने मनिषसहित तीनैजना पटके ‘अपराधी’


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) को चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको कोठामा चोरी गर्ने तीनजनालाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजु हाइट घर भई हाल बाँसबारी बस्ने ४२ वर्षीय मनिष राजवाहक छन् ।

उनी गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सहकारी ठगीमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै नख्खु कारागारबाट निस्किएर फरार भएका अभियुक्त हुन् ।

त्यस्तैसिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–६ पड्कु घर भई काठमाडौं महानगरपालिका–३१ गैरिगाउँ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का पनि समातिएका छन् ।

उता डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई धादिङ, धुनिबेंशी नगरपालिका–७ खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ पनि छन् ।

यीमध्ये मनिष राजवाहक नख्खु कारागारबाट फरार भएपछि उपत्यकामा कम्तीमा पाँचवटा चोरीमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनी पेन्टरको काम गर्दै चोरीको योजना बनाउने मुख्य व्यक्ति रहेका परिसरले जनाएको छ। राजवाहकविरुद्ध यसअघि प्रहरी वृत्त कालीमाटीमा २०७२ जेठ २४ गते केही सार्वजनिक अपराध मुद्दा चलेको थियो ।

उता चोरीकै घटनामा महाराजगञ्ज बृत्तमा पनि २०७२ असार ८ गते अर्को चोरी मुद्दा दर्ता भएको थियो। खिमबहादुरविरुद्ध २०७९ मंसिर ११ गते बैंकिङ कसुर मुद्दा र सञ्जय श्रेष्ठविरुद्ध २०६४ कात्तिक २९ गते जबरजस्ती करणी मुद्दा थियो।

मनिषको कोठाबाट बरामद सामान

वर्ल्डलिङ्क लेखिएको राउटर – १ थान
सीसीटीभी क्यामेरा – २ थान
एक्रोन गोल्ड लेखेको नीलो बिँड भएको पिलास – १ थान
ह्याम्बर हट प्रेस लेखेको कालो रातो बिँड भएको रेन्ची – १ थान
म्यारी गोल्ड लेखेको रेती – १ थान
सिभ्क्स लेखेको स्क्रु – १ थान
डिस्टान्टफ्याथ लेखेको कालो रङको ज्याकेट – १ थान

खिमबहादुरको कोठाबाट बरामद

चाँदीको जस्तो देखिने टीकाको थाली – १ थान
कचौरा – १ थान
सानो थाली – १ थान
रिङ – १ थान
रड – १ थान
नटबोल्ट – २ थान
सुनको जस्तो देखिने धातुका लक्ष्मीको मूर्ति भएको झुम्का – १ जोर
टाउकोमा लगाउने चन्द्रमा – १ थान
चन्द्रमासहितको झुम्का – १ जोर
नीलो पत्थर भएको झुम्का – १ जोर
गुलाबी र हरियो रङको पत्थर भएको झुम्का – १ जोर
सिक्री – १ थान
धानको बाला जस्तो लप्सेरा – २ थान
हरियो रातो रङ्ग लगाएको झुम्का – १ जोर
घाँटीमा लगाउने पत्थर माला – १ थान
सानो तार जस्तो देखिने टुक्रा – ४ थान

सञ्जय श्रेष्ठको डेरा कोठाबाट बरामद

म्ह्इल्लाह लेखेको पछाडि भिर्ने झोला – १ थान
डेल कम्पनीको ल्यापटप – १ थान
म्याक बुक प्रो लेखेको एप्पल कम्पनीको ल्यापटप – १ थान
डेल कम्पनीको ल्यापटपको चार्जर – १ थान
डिजिटल भिडियो रेकर्डर – १ थान

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ५० बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर