सुदूरपश्चिम प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टीको समायोजन « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टीको समायोजन


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ । 

तीनवटै दलको आज बसेको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको साबिक एकीकृत समाजवादीका प्रदेशसभा सदस्य माया पन्तले जानकारी दिइन् । उनले भनिन्, ‘समायोजनबारे केन्द्रबाट निर्णय भएर आएको हो, सोहीबमोजिम आज कार्यान्वयन गरिएको हो ।’
 
बैठकले साबिक माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टलाई नै नेकपा संसदीय दलको नेताका रूपमा चयन गर्ने निर्णय गरेको छ । दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ । 

त्रिपन्न सदस्यीय प्रदेशसभामा साबिक माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार सदस्य छन् । समाजवादीका एक सदस्य भने निलम्बनमा छन् । 

  सत्तापक्ष नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) बाट ११ सदस्य छन् । राप्रपाबाट एक सदस्य छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले पदबाट राजीनामा दिएर डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्याशी बन्नुभएको छ ।

अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट बैठक अन्त्य गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  

प्रदेशसभा बर्खे अधिवेशन बैठक गत जेठ ११ गते प्रारम्भ भएको थियो । जेन-जी आन्दोलनबाट उत्पन्न परिस्थितिपछि गत पुस १६ गते प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत बैठक सुरु भएको थियो ।  रासस

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ७ : ४४ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको