अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’ « Khabarhub

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी डा. अमरेश सिंहलाई बधाई दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सिंहसँग पराजित भए लगत्तै थापाले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना’, थापाले लेखेका छन् ।

उनले मतताताप्रति कृतज्ञता व्यक्त गर्दै सर्लाहीका समस्या सम्बोधन गर्न सम्भव हुने काम निरन्तर गरिरहेने प्रतिबद्धतासमेत जनाएका छन् ।

‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु’, सभापति थापाले लेखेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’

सर्लाही–४ मा रास्वपाका सिंहसँग कांग्रेसका थापा १२ हजार बढी मतले पराजित भएका हुन् ।

सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम कांग्रेसका थापाले २२ हजार ८३८ मत पाएका छन्। सिंह र थापाबीचको मतान्तर १२ हजार ८५० रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : १६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन