अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै « Khabarhub

अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी अग्रस्थानमा छन्। बोगटी शाहभन्दा २८६ मतले अगाडि छन्।

निर्वाचन आयोगका अनुसार बोगटीले हालसम्म ८ हजार १७० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ७ हजार ८८४ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४ हजार २१९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ३ हजार ५९३ मत ल्याएका छन्।

मतान्तर निकै कम भएकाले मतगणना जारी रहँदा अन्तिम परिणाम परिवर्तन हुने सम्भावना उत्तिकै छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  २ : ०४ बजे

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ