७९ को पहिलो दल कांग्रेस प्रत्यक्षमा १७ सिटमा सीमित हुने अवस्थामा « Khabarhub

७९ को पहिलो दल कांग्रेस प्रत्यक्षमा १७ सिटमा सीमित हुने अवस्थामा


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ०७९ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस ८२ को निर्वाचनमा १७ सिटमा सिमित हुने अवस्थामा पुगेको छ । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको नेपाली कांग्रेस यसपटक १७ सिटमा सीमित हुने अवस्थामा छ ।

अहिलेसम्मको नतिजा हेर्दा कांग्रेसले १७ स्थानमा जित्दा कुनै पनि ठाउँमा अग्रता कायम राख्न सकेको छैन । समानुपातिकको प्रारम्भिक मत परिणाममा पनि नेपाली कांग्रेसले उत्साहजनक मत नल्याएको अवस्थाले गर्दा कांग्रेस ३० या ३५ सिट भन्दा बढी नल्याउने अवस्थामा देखिन्छ । हालसम्मको नतिजामा नेपाली कांग्रेसले ७ लाख ३४ हजार ६५१ समानुपातिकमा मत ल्याएर दोस्रो दल बनेको देखिन्छ ।

पहिलो दाल बन्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले २१ लाख ४८ हजार १३० मत ल्याएको छ। २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसले २५ लाख ८५ हजार ९० मत ल्याएर दोस्रो दल बनेको थियो । नेकपा एमालेले २७ लाख २०६३९ मत ल्याएर समानुपातिकमा पहिलो दल बन्यो । देशभर १६५ निर्वाचन क्षेत्रमध्ये अब १० वटा क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ ।

प्रत्यक्षमा १० क्षेत्रको मत परिणाम आउन बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले छ क्षेत्रमा अग्रता लिइरहेको छ भने ११९ क्षेत्रमा विजय हासिल गरेको छ । नेकपा एमालेले सात ठाउँ जितेर तीन ठाउँ अग्रता कायम गर्दा नेकपाले सात ठाउँ जितेर एक ठाउँ अग्रता कायम गरेको छ।

स्वतन्त्र उम्मेदवारले एक ठाउँ जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक ठाउँमा विजय हासिल गरेको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले तीन ठाउँ विजय हासिल गर्दा अग्रता कुनै पनि स्थानमा कायम राखेको छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : ०५ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि