समानुपातिकतिर पनि रास्वपाको फराकिलो अग्रता, यी ६ दलले कटाए एक लाख मत « Khabarhub

समानुपातिकतिर पनि रास्वपाको फराकिलो अग्रता, यी ६ दलले कटाए एक लाख मत


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना धमाधम चलिरहेको छ ।

समानुपातिकतर्फ कूल ५१ लाख १२ हजार ९० मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।

ताजा विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी मतसहित अग्रस्थानमा रहेको छ। रास्वपाले २५ लाख २० हजार ८१० मत प्राप्त गरिसकेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ४९ हजार १३१ मत प्राप्त गरेको छ । उता नेपाल कम्युनिस्ट पार्टी एमालेले ७ लाख २७ हजार ७७४ मतसहित तेस्रो स्थानमा छ।

यस्तै नेकपाले ३ लाख ४७ हजार ३८४ मत प्राप्त गरेको छ।

अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ६४८ मत प्राप्त गरेको छ । उता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले १ लाख २६ हजार १९० मत पाएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ६ : ५० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,