जनमत जोगाउन नसकेको जनमत « Khabarhub

जनमत जोगाउन नसकेको जनमत


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेसवादी आन्दोलनबाट उदाएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारसँग पराजित भए ।

मधेसमा खरो वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत एक निर्वाचनमै पत्तासाप हुँदा धेरै प्रश्नहरु उठेका छन् । सीके राउतलाई मिलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगाडि अथक प्रयास गरेको थियो । तर उनी आफ्नै पार्टीलाई अगाडि बढाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आएनन् ।

२०७९ को निर्वाचनमा मधेसका प्रभावशाली नेता उपेन्द्र यादवलाई हराएर राजनीति इतिहास बटुलेका सीके राउतको पार्टीले यस पटक एक सिट पनि जित्न सकेको छैन । राउत आफैँ सप्तरी-२ बाट पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव विजयी भए ।

२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सीके राउत तेस्रो भए । दोस्रो हुन सफल जनता समावादी पार्टीका उमेश कुमार यादवले १४,२८३ मत ल्याए भने राउतले केबल ९८० मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनपछि आशलाग्दो युवा नेताका रुपमा हेरिएका सीके राउत पराजित भएपछि मधेसको वैकल्पिक शक्तिको संसदीय यात्रासमेत रोकिएको छ ।

राउतलाई यस पटकको निर्वाचनमा जनमत पार्टी फुटाएर स्वाभिमानी पार्टी बनाएका आफ्नै पूर्वसहकर्मी सतिशकुमार सिंहले समेत चुनौती दिएका थिए । स्वार्थ राखेको भन्दै थुप्रै सिनियर नेताहरुले निर्वाचनअगाडि जनमत पार्टी छोडेका थिए । मधेसमा पृथकतावादी आन्दोलन चलाएका सीके मधेस स्वतन्त्रताको माग गर्दा २४ पटक गिरफ्तारमा परेका व्यक्ति हुन् ।

२०७५ मा नेपाल सरकारसँग ११ बुँदे सहमति गर्दै संवैधानिक दायराभित्र शान्तिपूर्ण रुपले राजनीतिमा सहभागी भएका उनी २०७९ को निर्वाचनमा आफू जितेर पार्टीलाई राष्ट्रिय दल बनाएका थिए । मधेसका बौद्धिक व्यक्ति रहेका सीके राउत सुशासन पारदर्शीता र भ्रष्टाचारविरुद्ध सदनमा प्रस्तुत हुँदै आएका नेता हुन् ।

तर पार्टी विभाजनको असरले गर्दा यस पटक उनको पार्टी राष्ट्रिय दल बन्ने कुनै छन्द देखिँदैन । धेरै नेताले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह मधेसी समुदायकै भएको र उनी प्रधानमन्त्रीको दाबेदारको रुपमा देशव्यापी प्रचार गरिएकाले पनि जनमतको सिट नआएको विश्लेषण गरेका छन् ।

२०७९ को निर्वाचनमा ३% भन्दा बढी मत ल्याउँदै राष्ट्रिय दल बनेको जनमत पार्टी यसपटक शून्यमा झरेको छ । जनमतले तीन प्रतिशत मत समानुपातिकमा कटाए पनि ऊ राष्ट्रिय दल बन्न पाउँदैन किनकि समानुपातिकमा ३% मत कटाए पनि राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षमा कम्तीमा एक सिट जितेको हुनुपर्छ । हालसम्मको नतिजामा सीके राउतको जनमत पार्टीले २४,२५९ मत समानुपातिकमा ल्याएको छ ।

मधेस सरकारमा लामो समय नेतृत्व गरेको र केन्द्रमा पनि सरकारमा सहभागी भएको जनमत पार्टीको अप्रत्यासित नतिजाले गर्दा मधेशवादी दलहरुमाथि नै धक्का लागेको छ । हुन त विगतमा मधेसमा राम्रो प्रभाव पारेका अन्य मधेसवादी दलहरू पनि यसपाल बढारिएका छन् ।

त्यसो त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी, प्रभु शाहको आम जनता पार्टी कुनैको पनि एक सिट आएको छैन । समानुपातिकमा यी पार्टीले राम्रो मत ल्याए पनि राष्ट्रिय दल बन्ने सम्भावना रहँदैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ७ : १९ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण