पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै « Khabarhub

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

पशुपतिमा 'बेवारिसे' देखिएका विदेशी नागरिकको यस्तो छ वास्तविकता


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको भिडियोका सम्बन्धमा सत्यतथ्य सार्वजनिक गरिएको छ। सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि सम्बन्धित निकायले अनुसन्धान गरी ती नागरिकको वास्तविक अवस्थाबारे नेपाल प्रहरी जानकारी गराएको हो।

अनुसन्धानका क्रममा ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएको खुलेको छ। उनीहरूले आर्थिक अभावका कारण आफू बसेको होटलको शुल्क तिर्न नसकेपछि राहदानी (पासपोर्ट), मोबाइल र ल्यापटपलगायतका सामान होटलमै छाडेर हिँडेको पाइएको छ।

“निजलाई सुरक्षित रूपमा फेला पारी आवश्यक प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ,” नेपाल प्रहरी जारी गरेको सूचनामा भनिएको छ, “सोधपुछका क्रममा निजको सामान चोरी वा लुटपाट भएको नभई आर्थिक समस्याका कारण होटलमै छाडिएको पुष्टि भएको छ।”

सामाजिक सञ्जालमा ती नागरिकका सामान लुटिएको भन्दै भ्रम फैलिएकोमा ध्यानाकर्षण भएको जनाउँदै वास्तविकता नबुझी तस्बिर वा भिडियो सेयर नगर्न समेत अनुरोध गरिएको छ। केही ‘लाइक’ र ‘भ्युज’ का लागि अफवाह फैलाउने कार्यलाई निरुत्साहित गर्न आग्रह गर्दै भिडियोमार्फत जानकारी दिने सर्वसाधारणलाई धन्यवाद दिइएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १० : १७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको