दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा « Khabarhub

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ ।

प्रदेश सरकारबाट प्राप्त रकमबाट निर्माण थालिएको तर पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं ३२ मा पर्ने गगनेश्वर महादेव मन्दिरलाई कामपाले तीन तलासहित पूरा गर्ने भएको हो ।

कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार करिब दुई सय वर्ष पुरानो उक्त मन्दिर १९९० सालको भूकम्पले पूर्ण क्षति भएको छ । 

यसको पुनर्निर्माणका सन्दर्भमा पुरातत्त्व विभागबाट समयमा निर्णय हुन नसकेको विषय उठान भएपछि सम्पदा तथा पर्यटन समितिका संयोजक सङ्गतले लिखित दस्ताबेज नपाइए गुठियार, जनश्रुति, कथन, सामाजिक विश्वास तथा मान्यतालाई आधार बनाएर पुरातत्त्व विभागले निकास दिनुपर्ने बताए।

हामीलाई निकास चाहिएको हो । पैसा खर्च गरेर हामी काम गर्छौँ तर, पुरातत्त्व विभागले यो वा त्यो बहानामा काम रोक्ने वा हुन नदिने मनसाय राख्नु हुँदैन । थोरै समय पर्खिएर प्रक्रिया पूरा गर्न हामी तयार छौँ । 

तर प्रक्रिया पूरा गर्ने नाममा महिनौँ वा वर्षौँसम्म प्रक्रिया अवरुद्ध हुने अवस्था हामीलाई मान्य छैन सङ्गतले धारणा राखे ।
 
वडा ३२ का वडाध्यक्ष नवराज पराजुलीले, विवाद नभएका कुनै पनि योजना कार्यान्वयनमा नलगिने बताए । कुरा मिल्छ, सबैको सहमति हुन्छ भने हामी काम अगाडि बढाउन तयार छौँ । जनताले तिरेको कर उपयुक्त स्थानमा प्रयोग गर्ने बताए ।
 
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार समितिले गगनेश्वरको मन्दिरलाई तीनछाने बनाउने निर्णय गरेको छ । 

यो विषय पुरातत्त्व विभागलाई जानकारी गराउने र साझेदार तथा सरोकारवालाबीच विभागमा थप छलफल गर्ने समितिले गरेको निर्णय हो । 

मन्दिर अहिले सुरुआती चरणमा निर्माण भएको छ । यही संरचनामा निर्माण अगाडि बढाउन सकिने नसकिने विषयमा छलफल गर्दै बैठकले जमिनमाथि देखिने भागको प्राविधिकहरूले अध्ययन गरेर प्रतिवेदन दिने, जमिनमुनि नदेखिने भागका सन्दर्भमा यो काम गराउने कार्यालय र काम गर्ने उपभोक्ता समितिबाट लिखित प्रतिवेदन लिएर अगाडि बढ्ने निर्णय भएको छ । 

कामपाले नै कोटेश्वर महादेव मन्दिर पुनर्निर्माणको मागका सम्बन्धमा छलफल गर्दै सामान्य मर्मतसम्भारको काम निरन्तर गर्ने पुनर्निर्माणको आवश्यकता अध्ययन गर्ने भएको छ । रासस

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : २६ बजे

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव