ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो « Khabarhub

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका छन् ।

ट्रम्पले दुई साता लामो युद्धविरामपछि पत्रकारसँग बोल्दै चीनले इरानलाई वार्ताका लागि तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

एक टेलिफोनिक अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘के चीनले इरानलाई युद्धविरामका लागि प्रेरित गरेको हो ?’ यसमा उनले भने, ‘हो, मैले सुनेको छु।’

यद्यपि, यस विषयमा चिनियाँ विदेश मन्त्रालयको तर्फबाट अहिलेसम्म आधिकारिक प्रतिक्रिया आएको छैन।

वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लियु फेङ्ग्युले भने द्वन्द्व सुरु भएदेखि नै चीनले युद्धविराम र शान्तिका लागि प्रयास गरिरहेको बताएका छन्।

उनका अनुसार चीनले शान्तितर्फका सबै प्रयासलाई स्वागत गरेको छ। सबै पक्षले संवादमार्फत मतभेद अन्त्य गर्नुपर्नेमा जोड चीनले दिएको उनले बताए।

चीनले सम्बन्धित सबै पक्षले यो अवसर उपयोग गर्दै छिट्टै द्वन्द्व अन्त्य गर्ने आशा पनि व्यक्त गरेको छ।

चीनले यसअघि सन् २०२३ मा इरान र साउदी अरेबियाबीच सम्झौता गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : २२ बजे

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। इन्धनको मूल्यमा आएको

बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी

बागमती– बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष