‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’ « Khabarhub

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मियाँले सडक दुर्घटनामा बर्षेनि हजारौँ नागरिकको ज्यान जाने गरेको भन्दै तत्काल सडक सुरक्षाका लागि आवश्यक सुधार कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले जलेश्वर बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसईई परीक्षा दिएर उज्ज्वल भविष्यको सपना बोकेर घर फर्कँदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् ।

आगामी दिनमा यस्ता घटना दोहरिन नदिन जोखिमयुक्त सडक खण्डमा गति नियन्त्रण सूचना, सडकको समयमा नै मर्मत सम्भार लगायतमा विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।

उनले ट्राफिक नियमको कडा कार्यान्वयन, युवा तथा विद्यार्थी सचेतना कार्यक्रमका साथै विद्यालय स्तरमै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गर्न माग समेत गरिन् ।

आपत्कालीन उद्धार प्रणाली सुधार, दुर्घटना भए लगत्तै उद्धार र तत्कालै उपचारका लागि छिटो स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । 

उनले गम्भीर भएर समयमा नै सुधार गर्न नसकिए यस्ता घटनाहरू दोहरिइरहने भएकाले सबै जिम्मेवार बन्नुपर्ने धारणा राखिन् । 

तस्बिरमा हेर्नुहोस् आजको संसद् बैठक

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ४४ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ