विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए « Khabarhub

विष्णुमाथि बर्सिए बादल : पार्टी भित्रैका दुष्मनहरू पनि देखिए


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा (एमाले) संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि गम्भीर आरोप लगाएका छन् ।

बुधबार (चैत २५) कास्की एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले आफूले संसदीय दल नेताको हैसियतमा संसद्मा गरेको सम्बोधनले देशभित्र र बाहिरका पार्टीका दुस्मनहरू एक्स्पोज भएको बताएका हुन् ।

उनले केही दिनअघि उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाबारे यस्तो आरोप लगाएका हुन्।

‘अस्ति संसद्को पहिलो बैठकमा मैले दल नेताको हैसियतमा जे कुराहरू भनेँ, तिनलाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । बैठकले अर्को वक्तव्य जारी गर्‍यो,’ बादलले भने, ‘त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को अलमललको अवस्था बनाएको छ । त्यो वक्तव्य दलको नेताका रुपमा मैले व्यक्त गरेको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो । पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो ।’

गत बिहीबारको प्रतिनिधिसभा बैठकमा बादलले राखेको धारणाप्रति उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका थिए ।

सामाजिक सञ्जालमार्फत् पौडेलले एमाले संसदीय दलको नेताका हैसियतमा थापाका विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेका बताएका थिए ।

यही विषयलाई लिएर बादलले आक्रोश पोखेका हुन् । ‘को-को मान्छेहरू त्यो स्टेटमेन्टबाट उत्तेजित भए, भित्र लुकेका को–को मान्छे बाहिर देखिए, एक्सपोज भए’, उनले भने, ‘संसद्मा मैले दिएको त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्रै हो ।’

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : २१ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच