कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव « Khabarhub

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव गरेको छ। प्रस्तावअनुसार जिपिएस प्रणालीमार्फत घर नम्बर व्यवस्थापन, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहयोग गर्ने विषयमा छलफल हुनेछ।

हाल अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरीन रिडसँग उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो क्रममा दुवै पालिकाबीच दिगो सम्बन्ध विस्तार गर्ने सहमति पनि भएको छ।

प्रमुख रेग्मीले भने, ‘कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको घर नम्बर जिपिएस प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका कार्यक्रमहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छु। यस विषयमा सकारात्मक जवाफ प्राप्त भएको छ र निकट भविष्यमा सहकार्य हुने विश्वास लिएको छु।’

मेयर क्याथरीनले उपयुक्त समय मिलाएर टिमसँगै नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। कार्यक्रमको सहजीकरण प्रा.डा रामहरि सुवेदीले गरेका थिए।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको