कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव « Khabarhub

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव गरेको छ। प्रस्तावअनुसार जिपिएस प्रणालीमार्फत घर नम्बर व्यवस्थापन, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहयोग गर्ने विषयमा छलफल हुनेछ।

हाल अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरीन रिडसँग उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो क्रममा दुवै पालिकाबीच दिगो सम्बन्ध विस्तार गर्ने सहमति पनि भएको छ।

प्रमुख रेग्मीले भने, ‘कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको घर नम्बर जिपिएस प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका कार्यक्रमहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छु। यस विषयमा सकारात्मक जवाफ प्राप्त भएको छ र निकट भविष्यमा सहकार्य हुने विश्वास लिएको छु।’

मेयर क्याथरीनले उपयुक्त समय मिलाएर टिमसँगै नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। कार्यक्रमको सहजीकरण प्रा.डा रामहरि सुवेदीले गरेका थिए।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ०५ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको