वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर « Khabarhub

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूको बिल भुक्तानी गर्ने क्रममा दाहालले घुस लिएको सूचनाका आधारमा टोली खटाएर उनलाई नगदसहित नियन्त्रणमा लिइएको थियो। 

कार्यकक्षमै लुकाइराखिएको अवस्थामा उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरिएको जनाइएको छ।

अनुसन्धानमा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी प्रक्रिया अघि बढाउँदा गैरकानुनी लाभ लिन योजना बनाएर विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग घुस लिने–दिने सम्झौता गरेको पुष्टि भएको आयोगले जनाएको छ।

सेवाग्राहीसँग उनले ९३ हजार ८५० रुपैयाँ घुस लिएको प्रमाणित भएको उल्लेख गर्दै अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९ अनुसार कसुर ठहर गर्दै बिगो कायम गरेको छ। 

आयोगले दाहाललाई बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ४ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको