नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने « Khabarhub

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन २७ गतेदेखि हुने


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन यही चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान भन्ने नाराका साथ आठौँ राष्ट्रिय महाधिवेशन चैत्र २७ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागिएको जनाएको हो ।

संघकी अध्यक्ष हिरुसरा रानाले महिलाहरूको हकअधिकार, समानता र पहिचानका मुद्दालाई केन्द्रमा राख्दै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन्  । महाधिवेशनलाई मगर समुदायको हकहित, पहिचान र सशक्तीकरणको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको उनले बताइन्

संघले मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा प्रदेश स्तरमा कानुनी रूपमा कार्यान्वयन गर्न पनि जोड दिएको छ । हाल संघको संगठन ७ प्रदेश, ५७ जिल्ला र तीन देशमा विस्तार भइसकेको जनाइएको छ । 
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : २५ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको