वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ « Khabarhub

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ ।

सन्धुली, सुनकोसी गाउँपालिका–७ घर भइ जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय इन्द्रलाल गोले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा रहेको वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुन विपरीत रकम असुल उपर गर्नेजस्ता कार्य हुने गरेको भन्ने सूचनाको आधारमा निज सञ्चालक गोलेलाई पक्राउ गरिएको हो ।’

सञ्चालक गोलेलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सो सम्बन्धमा सोधपुछ गर्दा तपसिलका व्यक्तिले आफू संस्थाको अध्यक्ष रहेको बताई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका निज गोलेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ४७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको