वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ « Khabarhub

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ ।

सन्धुली, सुनकोसी गाउँपालिका–७ घर भइ जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय इन्द्रलाल गोले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा रहेको वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुन विपरीत रकम असुल उपर गर्नेजस्ता कार्य हुने गरेको भन्ने सूचनाको आधारमा निज सञ्चालक गोलेलाई पक्राउ गरिएको हो ।’

सञ्चालक गोलेलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सो सम्बन्धमा सोधपुछ गर्दा तपसिलका व्यक्तिले आफू संस्थाको अध्यक्ष रहेको बताई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका निज गोलेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ४७ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा