हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने « Khabarhub

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ ।

हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले गएराति एकताको रुप लिएको हो । सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ ।

एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किरातीले जानकारी दिए ।

उनीहरुबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको बताइएको छ ।

पूर्व माओवादी नेतासमेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए ।

गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए । त्यसमा उनी पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ५३ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक