‘लालीबजार’ प्रदर्शनमा « Khabarhub

‘लालीबजार’ प्रदर्शनमा


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो । 

षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताए। 

उनले भने, ‘हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । आफ्ना सन्तानका लागि आमाले गर्ने सङ्घर्षमै चलचित्र केन्द्रित छ । एउटा परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र तयार भएको छ ।’

चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गरे । 

अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र ‘लालीबजार’ बन्ने बताए। 

‘यो चलचित्रको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिएको प्रतिक्रियाले उत्साहित छु । हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ’, उनले भने। 

उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १० : ५७ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक