जुम्लामा एक महिनामा ५२९ जनाद्वारा मतदाता नामावली दर्ता « Khabarhub

जुम्लामा एक महिनामा ५२९ जनाद्वारा मतदाता नामावली दर्ता


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा एक महिनाको अवधिमा करिब ५२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा अनलाइनबाट नाम दर्ता गर्नेको सङ्ख्या बढेको हो ।

निर्वाचन आयोगले गत चैत २२ गतेदेखि सुरु गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य जुम्लामा सुरु भएको एक महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ५१३ जनाले नयाँ दर्ताका लागि आवेदन दिएका उनले जानकारी दिए । उनका अनुसार १६ जना भौतिक रूपमा उपस्थित भई मतदातामा नाम दर्ता गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै यहाँका आठवटै स्थानीय तहका स्थानीयले आवेदन दिएकामध्ये राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाट नामावलीमा नाम दर्ता गराएका निर्वाचन अधिकारी कँडेलले जानकारी दिए ।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि यहाँका सबै स्थानीय तहलाई पत्रचारसमेत गरिएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : २५ बजे

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा