गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो « Khabarhub

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्प्णी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्न संवैधानिक परिषद् बनाइए पनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइएको टिप्पणी गरे ।

उनले अव्यवस्थित बस्ती हटाउने नाममा राज्यले क्रूरता र बर्बरता देखाएको भन्दै आपत्ति जनाए । सभापति थापाले भूमिहीन सुकुम्वासीलाई अपराधीजस्तो गरि प्रस्तुत गर्न खोजिएको बताए ।

अहिले नेपाली कांग्रेस संघमा प्रतिपक्षीमा रहेकाले राज्यका गलत कार्यहरूमाथि तथ्य र प्रमाणसहित संसदमा कुरा उठाउनुपर्ने उनले बताए ।

सभापति थापाले प्रदेश र स्थानीय सरकारमा कांग्रेस नेतृत्वको सरकारलाई संघ सरकारको जस्तो गल्ती गर्ने छुट नरहेको धारणा राखे।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : १६ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो