हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति « Khabarhub

हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा एक विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली शास्त्रीय सङ्गीतको संरक्षण र संवर्द्धनमा समर्पित अग्रणी संस्था ‘नरज्योति सङ्गीत पाठशाला’ को आयोजनामा उक्त कार्यक्रम भएको हो।

कार्यक्रममा युवा सितारवादक ‘हिमालयन सितार’ ले सितार वादन प्रस्तुत गरे। उनलाई तबलामा ठाकुर छत्कुल्लीले साथ दिएका थिए। यस्तै, गायक बबिन ढुङ्गानाले आफ्नो गायन प्रस्तुत गर्दा तबलामा अजय चौधरी र हार्मोनियममा सञ्जीव आलेले साथ दिएका थिए।

कार्यक्रममा प्रस्तुति दिँदै सितारवादक हिमालयन सितारले आयोजक संस्थाले दिएको अवसरले आफ्नो मनोबल बढाएको बताए। उनले आगामी दिनमा पनि युवाहरूलाई प्रोत्साहन गर्न यस्ता शास्त्रीय साङ्गीतिक कार्यक्रमहरूको आयोजना निरन्तर हुनुपर्नेमा जोड दिए।

नेपाली शास्त्रीय सङ्गीतप्रेमी, वरिष्ठ साधक तथा नवप्रतिभाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा पूर्वीय शास्त्रीय सङ्गीतको अद्वितीय शृङ्खला प्रस्तुत गरिएको थियो। कलाकारहरूले विभिन्न सन्ध्याकालीन रागहरूको आलाप, जोड, झाला, भजन र खयाल गायकीका माध्यमबाट दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।

शास्त्रीय रागहरूलाई नेपाली भाषामा अनुवाद गरी स्थानीयकरण गर्ने नेपाली सङ्गीत जगत्का शिखर पुरुष, सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकालको स्मृति र योगदानलाई जीवन्त राख्न ‘सङ्गीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठान’ को स्थापना भएको हो। वरिष्ठ शास्त्रीय गायक तथा गुरु प्रभुराज ढकालको नेतृत्वमा रहेको यस संस्थाले परम्परागत गुरु-शिष्य परम्परालाई आत्मसात् गर्दै आएको छ।

प्रतिष्ठानले नेपाली माटोमा शास्त्रीय सङ्गीत, परम्परागत वाद्यवादन र गायन शैलीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न निरन्तर तालिम, अभिलेखीकरण तथा आवधिक साङ्गीतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा आयोजकले शास्त्रीय सङ्गीतप्रति जनचासो जगाउन र यसको मौलिकता बचाउन यस्ता नियमित प्रस्तुतिहरू अपरिहार्य रहेको बताए। साथै, प्रतिष्ठानको यो अभियानलाई निरन्तर साथ दिने कलाकार, शिक्षार्थी तथा सम्पूर्ण सङ्गीत अनुरागीहरूमा आभार प्रकट गरिएको थियो।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ९ : ४९ बजे

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,