कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी « Khabarhub

कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी

ऐतिहासिक १०० औँ खेलमा उपाधि जित्ने दाउ


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार आफ्नो खेल जीवनको ऐतिहासिक १०० औँ अन्तर्राष्ट्रिय टी–२० (टी–२० आई) म्याच खेल्दैछन्। सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्वालिफायरको फाइनल खेलमा मैदान उत्रिँदा दीपेन्द्रका लागि यो खेल विशेष कोसेढुङ्गा बन्नेछ।

नेपालले आज उपाधिका लागि हङकङको सामना गर्दैछ। सिंगापुरको नेसनल क्रिकेट ग्राउन्डमा हुने यो फाइनल खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सुरु हुँदैछ ।

नेपाली टोलीको कप्तानी सम्हालिरहेका दीपेन्द्रले यस ऐतिहासिक खेलमा टोलीलाई उपाधि दिलाउने लक्ष्य राखेका छन्। आइतबार भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले सहजै पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
यसअघि नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाएका दीपेन्द्र आजको खेलसँगै नेपालका लागि १०० टी–२०आई खेल खेल्ने पहिलो खेलाडी बन्दै इतिहास रच्ने छन्।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ११ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका