कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी « Khabarhub

कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी

ऐतिहासिक १०० औँ खेलमा उपाधि जित्ने दाउ


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार आफ्नो खेल जीवनको ऐतिहासिक १०० औँ अन्तर्राष्ट्रिय टी–२० (टी–२० आई) म्याच खेल्दैछन्। सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्वालिफायरको फाइनल खेलमा मैदान उत्रिँदा दीपेन्द्रका लागि यो खेल विशेष कोसेढुङ्गा बन्नेछ।

नेपालले आज उपाधिका लागि हङकङको सामना गर्दैछ। सिंगापुरको नेसनल क्रिकेट ग्राउन्डमा हुने यो फाइनल खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सुरु हुँदैछ ।

नेपाली टोलीको कप्तानी सम्हालिरहेका दीपेन्द्रले यस ऐतिहासिक खेलमा टोलीलाई उपाधि दिलाउने लक्ष्य राखेका छन्। आइतबार भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले सहजै पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
यसअघि नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान समेत बनाएका दीपेन्द्र आजको खेलसँगै नेपालका लागि १०० टी–२०आई खेल खेल्ने पहिलो खेलाडी बन्दै इतिहास रच्ने छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ११ : ०३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक