ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति « Khabarhub

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीको नाम र तस्बिर प्रयोग गरी रास्वपाको सदस्यता पत्रमा टाँस्ने जस्तो निन्दनीय र निकृष्ट कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले राजनीतिक वैचारिक प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि फेक आइडी, फोटोसप तथा भ्रामक सामग्रीको प्रयोग गरेर समाजलाई दिग्भ्रमित पार्ने र शीर्ष नेताहरूको चरित्रहत्या गर्ने प्रयास स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

आचार्यका अनुसार यस्ता गतिविधि केवल राजनीतिक मर्यादाविपरीत मात्र नभई प्रचलित कानुनअन्तर्गत सजाययोग्य साइबर अपराधसमेत हुन् । उनले विशेषगरी विद्युतीय कारोबार ऐनअन्तर्गत यस्ता कार्य कानुनी कारबाहीको दायरामा पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा फैलाइएको उक्त सामग्रीमा ओलीको नामसहित रास्वपाको सदस्यता परिचयपत्र देखाइएको छ । आचार्यले त्यसलाई भ्रामक सामग्री भएको दाबी गर्दै यस्ता हर्कत तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

उनले अन्यथा भ्रामक सामग्री उत्पादन र प्रसारणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा सम्बन्धित निकाय र साइबर ब्यूरोको ध्यानाकर्षण गराइने बताएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ८ : ५१ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी