राजनीतिपछि शिथिल प्रकाश ! « Khabarhub

राजनीतिपछि शिथिल प्रकाश !


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका थिए– किन राजनीतिमा गएका होलान् ? शक्तिको लोभ सबैलाई हुने रहेछ ।

केही शुभ चिन्तको विश्लेषण पनि थियो– राजनीतिमा लागेपछि कलाकार सबै जनताको हुँदैन । उसको सिर्जना शंकामा पर्छ । त्यसको असर प्रकाश पनि देखिन्छ ।

प्रकाश गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपाति उम्मेद्वार पनि बने । तर, प्रकाशले सोचेको भएन । पार्टीले झन्डै दुई तिहाइ सिट जित्दा पनि उनी सांसद बन्न पाएनन् ।

सांसद नबनेपछि उनी जानेको र गरिरहेकै काममा फर्किए । गीत निकाले– कर्तव्य । यो उनको चर्चित गीत ‘यो देश मेरो पनि हैन र…’ सिक्वेल हो ।

यो गीतले दुई दिनमा तीन लाख भ्युज पाएको छ । जुन पहिलाको तुलनामा एकदमै कमजोर हो । उनी राजनीतिमा लागेपछि देखिएको व्यवसायिक परिवर्तन पनि हो ।

ती प्रकाश सपुत

प्रकाश तामझामका गीतले चर्चामा आएका हुन् । तर, उनले आफूलाई यसरी परिवर्तन गरे कि उनले धार नै परिवर्तन गरे ।

गहन सिर्जना उनले आफ्नो परिचय बनाए । प्रायः जसो उनका सबै गीतले सर्वजनिक बहस छेड्न ल्याकत राखे । ‘यो देश मेरो पनि होइन र…’ पनि यसको प्रमुख उदाहरण हो ।

गीत हिटको आधुनिक मापनमा पनि प्रकाश अब्बल थिए । ट्रेन्डिङ र कीर्तिमान बनाइरहेका थिए ।

प्रकाशको गीत ‘सकम्बरी’ले सात दिनमा एक करोड भ्युज पाएको थियो । यो कम समयमा सबैभन्दा बढी भ्युज पाउने गीत हो । यो गीतले अहिलेसम्म साढे सात करोड भ्युज पाएको छ ।

उनी मेला महोत्सवका पनि डिमान्डेड गायक थिए । राजनीतिमा लागेपछि यसमा कमी आएको उनी आफैँले बताइसके ।

तर, अहिले प्रकाश गीतको भ्युज घटेको छ । सामाजिक मुद्दामा गीतमा सधैँ चर्चा पाउने उनले यो पटक पाउन सकेनन् । उनी यो पटक सत्ताको कमजोरीमा खबरदारी भन्दा पनि समर्थनमा बढी देखिएका छन् । कारण– सरकारमा उनकै पार्टी छ ।

राजनीतिमा लागेपछि प्रकाशको व्यवसायिक गायन संकटमा पर्छ भन्ने टिप्पणी मिल्दै गएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ८ : १४ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित