खेतबारीमा काम गर्दा हातखुट्टा हिलोले खाए के गर्ने ? लापरबाही भए क्यान्सरको जोखिम  « Khabarhub

खेतबारीमा काम गर्दा हातखुट्टा हिलोले खाए के गर्ने ? लापरबाही भए क्यान्सरको जोखिम 


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षायाममा थुप्रै मानिस हात, खुट्टाका औंलाका कापमा घाउ हुने समस्याबाट पीडित हुन्छन् । 

खासगरी खेती किसानीमा लाग्नुपर्नेलाई यो समस्याले बढी सताउने गर्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा हिलोले खानु भनिन्छ । 

हिलोले खाँदा खुट्टाको औँलाको कापमा घाउ हुनुका साथै चिलाउनु, पानी/पिप बग्नु, सुन्निनु, फोका आउनु, छाला उप्किनु, दुर्गन्धित हुनुलगायत समस्या देखिन्छन्  । 

चिकित्सकीय भाषामा भन्ने हो भने यो समस्या फङगस अर्थात् ढुसी र ब्याक्टेरिया (जीवाणु) को संक्रमणले गर्दा हुन्छ । 

यतिबेला अस्पतालहरूमा पनि हिलोले खाने, एलर्जी, फंगश लगायतका छाला सम्बन्धी समस्या लिएर आउने बिरामीहरूको संख्या बढिरहेको चिकित्सक बताउँछन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छाला तथा यौनरोग विशेषज्ञ डा. सुधिर बानियाँका अनुसार अहिले लुतोभन्दा पनि फङ्गल इन्फेक्सन र डर्मटाइटिसका बिरामीहरू बढी आउने गरेका छन् । 

‘चिकित्सकीय भाषामा भन्ने हो भने हिलोले खाने समस्या फङगस अर्थात् ढुसी र ब्याक्टेरिया (जीवाणु) को संक्रमणका कारण हुने गर्दछ,’ डा. बानियाँले भने- ‘यो विशेष गरी फोहोर पानीको निरन्तर सम्पर्कमा आउनाले, स्थान विशेषमा हुने घर्षण र खुम्चिएको छालाका कारण हुने गर्छ । पानी जमेको फोहोर ठाउँमा लामो समय काम गर्दा खुट्टाका औंलाका कापहरूमा यो संक्रमण तीव्र गतिमा फैलिन्छ ।’

हिलोले खाँदा देखा पर्ने लक्षण 

हिलोले खाँदा खुट्टाको औँलाको कापमा सामान्य चिलाउनेदेखि लिएर विभिन्न जटिल लक्षणहरू पनि देखिने उनले बताए । 

सामान्यतया औँलाको कापको छाला उप्किनु र घाउ हुनु, अत्यधिक चिलाउनु र पोल्नु, घाउ भएको ठाउँबाट पानी वा पिप बग्नु , खुट्टा तथा औँलाहरू सुन्निनु, साना–साना फोकाहरू आउनु र संक्रमण बढेर गनाउनेजस्ता लक्षणहरू देखिन्छन् । 

कतिपयले यसलाई सामान्य समस्या मानेर उपेक्षा गर्ने गर्छन् । तर, समयमै हेरचाह र उपचार नगरिए यसले गम्भीर रूप लिएर छालाको दीर्घकालीन समस्या जस्तै क्यान्सरसम्म हुन सक्ने उनको भनाई छ ।

सुरुवाती चरणमा छालाको माथिल्लो भागमा मात्र देखिने यो संक्रमण बिस्तारै बढ्दै जाँदा छालाको पत्र नै छिचोलेर भित्री भागसम्म पुग्छ । 

जब संक्रमण भित्र जान्छ, त्यसले गम्भीर इन्फेक्सन र ठूलो घाउको रूप लिने सम्भावना बढी हुन्छ । कतिपय अवस्थामा यसले अन्य ब्याक्टेरियल संक्रमण (जस्तै सेलुलाइटिस) को खतरा समेत बढाउँछ उनले भने ।

के छ प्राथमिक उपचार ?

डा. बानियाका अनुसार सुरुवाती अवस्थामा अस्पताल नै धाइहाल्नु पर्दैन, घरमै विशेष सरसफाइ र केही घरेलु उपाय अपनाएर यसलाई सजिलै निको पार्न सकिन्छ । त्यसका लागि निम्न विधि अपनाउन सकिन्छ :

नियमित सरसफाइः बिहान र बेलुका खुट्टालाई सफा मनतातो पानीले अनिवार्य रूपमा धुने ।

सुक्खा राख्ने : धुनुभन्दा पनि महत्त्वपूर्ण कुरा खुट्टालाई सुक्खा राख्नु हो । प्रायः खुट्टा धोएपछि औंलाका कापहरूमा हाम्रो ध्यान जाँदैन र त्यहाँ ओस रहिरहन्छ । त्यसैले धोइसकेपछि सुक्खा कपडाले औंलाका काप–काप पुछेर पूर्ण रूपमा सुकाउनुपर्छ । 

नरम तेल वा भ्यासलिनको प्रयोग : छाला सुक्खा भइसकेपछि ती भागहरूमा नरम तेल वा भ्यासलिन लगाउनुपर्छ, जसले छालालाई सुरक्षित राख्छ र घर्षण हुन दिँदैन ।

हावादार जुत्ता– चप्पल : घाउलाई सुक्खा राख्न र ओस जम्न नदिनका लागि कसिलो वा प्लास्टिकका जुत्ताहरू नलगाउने । खुट्टालाई खुला र हावा लाग्ने अवस्थामा राख्नुपर्छ ।

कस्तो अवस्थामा पुग्ने अस्पताल ?

सुरुवाती अवस्थामा घरेलु उपचार, सफाइ र भ्यासलिनको प्रयोगले फाइदा पु¥याए पनि संक्रमण बढ्दै गएमा भने चिकित्सककोमा जानु अनिवार्य हुन्छ ।

यदि घरेलु विधि अपनाउँदा पनि घाउ निको नभएमा, संक्रमण छालाको भित्री तहसम्म पुगेर अत्यधिक दुख्न थालेमा, खुट्टा धेरै सुन्निएमा वा पिप जमेर घाउ ठुलो हुँदै गएमा तुरुन्त अस्पताल पुगेर विशेषज्ञ चिकित्सकको सल्लाहमा एन्टिफङ्गल वा एन्टिब्याक्टेरियल मलम एवं औषधिहरू प्रयोग गर्नुपर्ने डा. बानियाँ बताउँछन् । 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  २ : ४५ बजे

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र