चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन « Khabarhub

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।

यसैगरी, भाडा आयकर पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।
 

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : ५९ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि