वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक « Khabarhub

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

कता-कता रोकियो यातायात ?


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका मुख्य राजमार्गसहित विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सिन्धुपाल्चोक, इलाम, रसुवा, तेह्रथुम र रुकुम पश्चिमका सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका हुन्।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन।

इलामको राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएपछि यातायात ठप्प भएको छ। यस्तै, सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी, लिपिङ र डुम्रेमा पहिरो तथा सडक भासिएकाले अरनिको राजमार्ग अवरुद्ध बनेको छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको रिजेगार्ड खोलामा भेरी करिडोर र तेह्रथुमको काडे नजिकै मध्यपहाडी लोकमार्ग पहिरोका कारण ठप्प छन्।

प्रहरीले बाढी-पहिरोको जोखिम कायमै रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे पूर्वजानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : १६ बजे

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको