अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान « Khabarhub

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर तीन लाख १५ हजार हात पारे । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) चार हजार ५०० का दरले बिक्री गरेका हुन् । ‘गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,’ उनले भने ।

पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन् । उनले भने, ‘पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।’

माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर दुई लाख बढी आम्दानी गरे । पचास मन अदुवा चार हजारका दरले बेचेका उनले यस वर्ष २० मन रोपेका छन् । यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ । ‘परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,’ उनले भने, ‘यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ ।’

माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोपेका छन् । दश रोपनीमा व्यावसायिक खेती थालेका उनले यसअघि १० मन बीउ माटोमा उपयोग गरेका थिए ।

जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन् । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेको उनको कथन छ ।

उत्पादनका बेला प्रतिमन चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा ६ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए । उनले भने, ‘बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ ।’

यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ ।

केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : ५३ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका