अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम « Khabarhub

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा पहुँच बढाउने उद्देश्यले यहाँ क्रियाशील करुणा फाउन्डेसनले जिल्लामा एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार गरेको छ । 

फाउन्डेसनले एक हजार ७६३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गर्नाका साथै महिला स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण तथा परिचालन, अपाङ्गता भएका व्यक्तिका लागि सहायक  वितरण, मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य शिविर, अल्पकालीन सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ । 

जिल्लाका छ स्थानीय तहमा ती कार्यक्रम सञ्चालन भएका र हालसम्म एक करोड ७४ लाख ११ हजार रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक केदार भण्डारीले बताए । 

प्रदेश र स्थानीय सरकार तथा फाउन्डेसनको समन्वयमा आर्थिक वर्ष २०८१/८२ देखि छ वटै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन  भइरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १२ : ३३ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ