रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने « Khabarhub

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको रास्वपाले जनाएको छ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरू महिनामा कम्तीमा एक पटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिएको हो।

कार्यक्रम दुई चरणमा सञ्चालन हुने सहमहामन्त्री एवम् प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहले बताएका छन्।

पहिलो चरणअन्तर्गत साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आमनागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। उक्त समयमा नागरिकले आफ्ना गुनासा, समस्या, अपेक्षा तथा सुझाव मन्त्रीसमक्ष राख्न सक्नेछन्।

त्यसपछि साँझ ६ बजेपछि दोस्रो चरणको ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। उक्त चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादका क्रममा प्राप्त सुझाव तथा समसामयिक र नीतिगत विषयमा बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वय बढाउनु हो। नागरिकका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्ने, मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने तथा नागरिकका वास्तविक समस्या बुझेर नीति र कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।

त्यस्तै, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने लक्ष्य पनि कार्यक्रमले लिएको छ।

रास्वपाका सह-महामन्त्री शाहले जारी गरेको विज्ञप्तिमा निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु नै लोकतन्त्रको मर्म भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम अघि बढाउन लागिएको उल्लेख छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १ : ५९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्