मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी « Khabarhub

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार आप्रवासीलाई रोक्न नसकेको स्पेनले इटालीबाट आएका १९९ आप्रवासीको खानतलासी गरेको छ । इटालीसँग अनियमित आप्रवासनका विषयमा तिक्तता बढ्दै गएपछि स्पेनले यस्तो कदम चालेको हो ।

स्पेनका छवटा विमानस्थलमा ती आप्रवासीको चेकजाँच गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरु १२ वटा उडानमार्फत् इटालीबाट स्पेन आएका थिए ।

उनीहरुलाई मड्रिड, बार्सिलोना, सेभिया, बिलबाओ, आलिकान्ते र भ्यालेन्सियाका विमानस्थलमा चेकजाँच गरिएको त्यहाँको आप्रवासन मन्त्रालयले जनाएको छ ।

इटालीले गत अक्टोबर १ देखि लागू हुनेगरी स्पेनसँग गैर युरोपेली नागरिकका लागि सेङ्गेन भिसा फ्रि सम्झौता स्थगन गरेको छ । यससँगै स्पेनले पनि इटालीविरुद्ध जवाफी कदम चालेको हो ।

शनिबारदेखि लागू गरिएको स्पेनको यो नियम आगामी सेप्टेम्बर ७ सम्म कायम रहने समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : १६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका