मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी « Khabarhub

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार आप्रवासीलाई रोक्न नसकेको स्पेनले इटालीबाट आएका १९९ आप्रवासीको खानतलासी गरेको छ । इटालीसँग अनियमित आप्रवासनका विषयमा तिक्तता बढ्दै गएपछि स्पेनले यस्तो कदम चालेको हो ।

स्पेनका छवटा विमानस्थलमा ती आप्रवासीको चेकजाँच गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरु १२ वटा उडानमार्फत् इटालीबाट स्पेन आएका थिए ।

उनीहरुलाई मड्रिड, बार्सिलोना, सेभिया, बिलबाओ, आलिकान्ते र भ्यालेन्सियाका विमानस्थलमा चेकजाँच गरिएको त्यहाँको आप्रवासन मन्त्रालयले जनाएको छ ।

इटालीले गत अक्टोबर १ देखि लागू हुनेगरी स्पेनसँग गैर युरोपेली नागरिकका लागि सेङ्गेन भिसा फ्रि सम्झौता स्थगन गरेको छ । यससँगै स्पेनले पनि इटालीविरुद्ध जवाफी कदम चालेको हो ।

शनिबारदेखि लागू गरिएको स्पेनको यो नियम आगामी सेप्टेम्बर ७ सम्म कायम रहने समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : १६ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना