ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ « Khabarhub

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले बजारमा देखिएको ग्यासको अभाव समाधान हुने जनाएको छ । 

संघले आइतबार विज्ञप्ति जारी गर्दै अहिले ग्यासको आयात बढेको उपभोक्ताले ग्यास अभाव हुने आशंकामा अतिरिक्त सिलिण्डर होल्ड गर्दा समस्या देखिएको बताएको हो ।

संघले निगमको पहलमा भारतको विभिन्न रिफाइनरीहरूबाट सहजरूपमा अहिले ग्यासको आयातमा १५ प्रतिशतले वृद्धि भएको जनाउँदै उद्योगहरूबाट पनि ग्यास रिफिलिङ गरी बजारीकरण गर्ने काम भइरहेको संघले जनाएको छ । 

तर, ‘ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यकरूपमा सिलिण्डरहरू सञ्चय गर्ने(होल्ड) गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अति आवश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, संघले उल्लेख गरेको छ ।

संघले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न बिक्रेताहरूलाई अनुरोध गरेको छ ।

Screenshot

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका