ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ « Khabarhub

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले बजारमा देखिएको ग्यासको अभाव समाधान हुने जनाएको छ । 

संघले आइतबार विज्ञप्ति जारी गर्दै अहिले ग्यासको आयात बढेको उपभोक्ताले ग्यास अभाव हुने आशंकामा अतिरिक्त सिलिण्डर होल्ड गर्दा समस्या देखिएको बताएको हो ।

संघले निगमको पहलमा भारतको विभिन्न रिफाइनरीहरूबाट सहजरूपमा अहिले ग्यासको आयातमा १५ प्रतिशतले वृद्धि भएको जनाउँदै उद्योगहरूबाट पनि ग्यास रिफिलिङ गरी बजारीकरण गर्ने काम भइरहेको संघले जनाएको छ । 

तर, ‘ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यकरूपमा सिलिण्डरहरू सञ्चय गर्ने(होल्ड) गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अति आवश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, संघले उल्लेख गरेको छ ।

संघले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न बिक्रेताहरूलाई अनुरोध गरेको छ ।

Screenshot

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : ५० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको