महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड छ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।

कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिए । 

उनका अनुसार सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिए । 

कार्यालयका अनुसार भन्सार महसुलबाट २६ लाख ६८ हजार ७८७ रुपैयाँ, पैठारी सेवा दस्तुरबाट दुई लाख १२ हजार ५०० रुपैयाँ, मूल्य अभिवृद्धिकरबाट २१ लाख ४२ हजार १५५ रुपैयाँ, अन्तःशुल्कबाट एक लाख २२ हजार ७०४ रुपैयाँ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट ५४ लाख ६१ हजार १७३ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

चालु आर्थिक वर्षका लागि कार्यालयले ९२ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको छ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले एक करोड पाँच लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा ७७ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ ।
 

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ५ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र