एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो « Khabarhub

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार रुपैयाँ बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।  

प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाख रुपैयाँ भन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो । 

विद्युत् बक्यौता नतिर्नेमा हाइड्रोपावर, क्रसर उद्योग र सरकारी कार्यालयले विभिन्न उद्योगसमेत रहेका छन् । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले आव २०८१/८२ मा ६६ लाख ७४ हजार रुपैयाँ बक्यौता उठाएको थियो । 

जिल्लामा ३१ हजार  ५९० ग्राहक रहेको प्रमुख चौधरीले बताए । विद्युत् चोरी जरिवाना, पुनः लाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । 

विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित ४६ मेगावाट विद्युत्मध्ये छ मेगावाट मात्र खपत भएको उनले बताए । 

सङ्खुवासभामा ८० प्रतिशत भूभागमा विद्युत् विस्तार भइसकेको छ । विद्युत् सेवा भरपर्दो बनाउन तुम्लिङटार र बानेश्वरमा २२० केभीको सवस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ । 

जिल्लाको सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडामा विद्युत् सेवा विस्तार हुन बाँकी छ । 

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : १२ बजे

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना