अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त « Khabarhub

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ। अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ।

अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले जोर्डनतर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको थियो। थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए। घटनामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको जोर्डनले जनाएको छ।

अमेरिकाको निकट सहयोगी जोर्डनमा अमेरिकी सेनाको उपस्थिति रहेकाले त्यहाँका सैन्य अखडाहरू यसअघि पनि इरानी आक्रमणको निशानामा पर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने प्रयास गरिरहेका बेला पछिल्ला आक्रमण भएका हुन्। यसैबीच, ट्रम्प प्रशासनले मंगलबार इरानको हवाई क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ। इरानलाई उसका बाँकी व्यापारिक साझेदारबाट अलग पार्ने प्रयासस्वरूप दुई दर्जनभन्दा बढी व्यावसायिक तथा निजी विमान सेवा र विदेशी मालवाहक सेवा प्रदायकलाई लक्षित गरिएको जनाइएको छ।

अमेरिका–इरान संघर्षमा होर्मुज जलडमरूमध्य पनि महत्वपूर्ण रणनीतिक क्षेत्र बनेको छ। युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।

यस क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत दबाब परेको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिब्यारेल ९९।४६ अमेरिकी डलरसम्म पुगेको थियो।

यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्यांकर ध्वस्त पारेको थियो। इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी) ले अमेरिकी विमानवाहक तथा विध्वंसक युद्धपोतमाथि ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेपछि त्यसको जवाफस्वरूप कारबाही गरिएको अमेरिकी पक्षले जनाएको थियो।

त्यसपछि इरानले होर्मुज जलडमरूमध्य नजिकबाट आवतजावत गर्ने निश्चित जहाजलाई लक्षित गर्दै नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका आक्रमणलाई कुनै जवाफबिनै छाड्न नसकिने बताएका छन्। 

लगातार भइरहेका आक्रमण र जवाफी सैन्य कारबाहीले अमेरिका–इरान संघर्ष थप गहिरिँदै जाने आशंका बढेको छ। साथै, होर्मुज जलडमरूमध्यमा अस्थिरता बढेमा विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल बजारमा समेत गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ३ : १७ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक