दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड « Khabarhub

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।

सियोलमा आयोजित २७औँ विश्व ज्ञान मञ्चलाई सम्बोधन गर्दै इसिबाले स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारजस्ता साझा मूल्यका आधारमा दुवै देशले ‘समानताको साँचो साझेदारी’ निर्माण गर्नुपर्ने बताए। उनले दक्षिण कोरिया र जापानको संयुक्त आर्थिक तथा रक्षा क्षमता विश्वकै तेस्रो ठूलो शक्तिका रूपमा उभिन सक्ने दाबी गरे।

ऐतिहासिक विषयमा जापानले थप आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गर्दै इसिबाले जापानी औपनिवेशिक शासनबाट दक्षिण कोरियाले भोगेको ऐतिहासिक पीडालाई स्वीकार गर्नुपर्ने बताए। आफूले विगत २५ वर्षदेखि यासुकुनी तीर्थस्थलको भ्रमण नगरेको उल्लेख गर्दै उनले दक्षिण कोरियासँग विश्वास निर्माण गर्न जापानले युद्धकालीन इतिहासप्रति गम्भीर आत्ममन्थन गर्नुपर्ने धारणा राखे ।

क्षेत्रीय सुरक्षालाई थप मजबुत बनाउन इन्डो–प्यासिफिक क्षेत्रमा विद्यमान गठबन्धनलाई जोड्ने ‘एसियाली नेटो’ को ढाँचा विकास गर्नुपर्ने प्रस्ताव पनि इसिबाले गर्नुभयो। उहाँले दक्षिण कोरिया, अमेरिका र जापानबीच ताइवान जलघाँटी तथा कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा सङ्कटका विषयमा नियमित र ठोस परामर्श आवश्यक रहेको बताए।

दक्षिण कोरियाले आफ्नो रक्षा क्षमतालाई थप आत्मनिर्भर बनाउन सक्ने उल्लेख गर्दै इसिबाले त्यसबाट अमेरिकामाथिको सुरक्षा भारसमेत कम गर्न सहयोग पुग्ने बताए। उनका अनुसार बृहत्तर सुरक्षा सहकार्य अघि बढाउन अधिग्रहण तथा क्रस–सर्भिस सम्झौता (एसीएसए) लाई व्यावहारिक सुरुवाती आधार बनाउन सकिन्छ।

आर्थिक तथा प्राविधिक क्षेत्रमा एआई र सेमिकन्डक्टरमा संयुक्त प्रयास बढाउनुपर्नेमा पनि उनले जोड दिए। साथै, दुई देशबीच जनस्तरको आदानप्रदान विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

कम जन्मदर, वृद्ध जनसङ्ख्या तथा राजधानी क्षेत्रमा जनसङ्ख्या र आर्थिक गतिविधि अत्यधिक केन्द्रित हुनेजस्ता साझा चुनौतीको सामना गर्न दक्षिण कोरिया र जापानले मिलेर काम गर्नुपर्ने इसिबाले बताए।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु