रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो « Khabarhub

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दै भोटेकोशी बाढीपीडितहरूको पक्षमा आफूलाई उभ्याएका छन्।

भदौ १० गते बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीबारे संसद्मा धारणा राख्दै लामिछानेले विपत्तिमा परेका नागरिकको पीडामाथि नुनचुक छर्किने गरी टिप्पणी गर्नेहरूप्रति खबरदारी गरेका छन्।

लामिछानेले भोटेकोशीमा आएको विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। यो जलवायु परिवर्तनबाट उत्पन्न भएको ठूलो अन्याय भएको उल्लेख गर्दै उनले भोटेकोशीमा ज्यान गुमाएकाहरू जलवायु परिवर्तनको अन्यायपूर्ण बलिदानी गर्न बाध्य भएको बताए।

यति ठूलो संकट र क्षति व्यहोर्दासमेत प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई समातेर उठ्न खोजिरहेको उनले बताए। विपत्तिले हजारौँ परिवारलाई प्रभावित बनाएको उल्लेख गर्दै लामिछानेले उनीहरूले घरबार मात्रै नभई जायजेथा, बस्ती, छिमेक, खेतबारी, जीवनभरको कमाइ र सर्वस्व गुमाएको बताए।

पीडितको मनस्थितिबारे रवि

‘यो प्रकोपको मारमा हजारौँ परिवार परेका छन्। उनीहरूले केवल घरबार गुमाएका छैनन्। जायजेथा, बस्ती, छिमेक, खेतबारी, आफ्नो जीवनको सम्पूर्ण कमाइ र सर्वस्व गुमाएका छन्। त्योभन्दा माथि आफ्ना प्राणभन्दा प्यारा परिवारका सदस्य गुमाएका छन्,’ उनले भने।

उनले सुरक्षित ठाउँमा बसेर विपत्तिमा परेका नागरिकको पीडा महसुस गर्न कठिन हुने बताए।

‘बिहान घर गएका छोराछोरी अब फर्किन्छन् कि भनेर भत्किएको संघारमा बाटो हेरिरहेका आमाबाबु। मृत्युको त्यो अँध्यारो सुरुङभित्र प्रियजनको स्वास अझैँ बाँकी छ कि भनेर छटपटाउँदै बगरमा भड्किरहेका आफन्त। लेदो र हिलोले पुरिएको घरबाट अझै आवाज आउँछ कि भनेर चिच्याइरहेका ती पुकारहरू। बेपत्ता आफन्त पर्खिएर प्रत्येक सेकेन्ड स्वास रोकिएला जसरी सुखद समाचार सुन्न आतुर आफन्तजनको अवस्था र मनस्थिति कल्पनाभन्दा बाहिरको कुरा छ। सोच्दा पनि मुटु काँप्छ, भोग्नेलाई के भएको होला ?’ लामिछानेले भने।

यस्तो अकल्पनीय अवस्थामा सर्वस्व गुमाएका र मृत्युसँग पौठेजोरी खेलिरहेका नागरिकबाट राज्यप्रति आक्रोश पोखिनु स्वाभाविक भएको उनले बताए।

‘पीडितलाई विपत्तिको आयतन नाप्ने फुर्सद हुँदैन। उनीहरूलाई चाहिएको छ, मेरो प्रियजनको स्वास बाँकी रहँदै राज्य त्यहाँ पुगिदियोस्। यो आशा निराशामा बदलिँदा उत्पन्न आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो,’ उनले भने।

पार्टीमा भन्नुपर्ने कुरा संसद्मा

लामिछानेले पार्टी कार्यालयबाट आफ्नो पंक्तिलाई दिनुपर्ने निर्देशन पनि संसद्बाटै जारी गरे। बाढीपीडितमाथ खनिएका रास्वपा कार्यकर्तालाई उनले संसद्कै मञ्चबाट चेतावनी दिए।

विपत्तिमा परेका नागरिकको आक्रोशलाई सरकार वा रास्वपाविरुद्धको प्रहारका रूपमा नबुझ्न आग्रह संसद्‍बाटै आग्रह गरे। बरु त्यसलाई राज्यसँग गरिएको अन्तिम गुहार र आफूहरूप्रतिको अपेक्षाका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।

‘जब मान्छे गहिरो चोटमा पर्छ, अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ? यो आक्रोशलाई हाम्रोविरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारका रूपमा बुझ्नुपर्छ। त्यो आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,’ उनले भने।

उनले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल तथा शोक चौतारोमा तुच्छ टिप्पणी र कटाक्ष गर्ने कार्य तत्काल बन्द गर्न रास्वपा कार्यकर्तालाई आग्रह गरे। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले पनि रास्वपा कार्यकर्ताहरूलाई बाढी पीडितलाई अपमानित गरे कारबाही गर्ने चेतावनी फेसबुकमै दिए । तर रविले भने बालेनको भनाइलाई थप बल दिन रास्वपा कार्यालय र फेसबुकभन्दा संसद् नै प्रयोग गरे ।

‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौँ,’ लामिछानेले भने। उनले यो अपील यसअघि नै सार्वजनिक रुपमा वक्तव्य निकालेर दिन सक्थे। तर रास्वपा कार्यकर्ताहरू साता दिनसम्म बाढीपीडितको अपमानमा लागिरहँदा बल्ल रविले संसद्बाट रोकिन आग्रह गरे ।

रास्वपा कार्यकर्ताहरूलाई लक्षित गर्दै उनले विपद्मा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक आवश्यक नरहेको उनले बताए। बरु दुःख र पीडामा परेका नागरिकको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य आवश्यक रहेको उनको भनाइ थियो।

‘रास्वपालाई विपद्मा परेका नागरिकलाई होच्याउने कुनै अन्ध समर्थक चाहिएको छैन। हामीलाई शोक र पीडामा परेका मान्छेको पक्षमा उभिने र आँसु पुछ्ने सदस्य चाहिएको छ। नागरिकको चित्कारलाई गलत व्याख्या गर्ने र सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ उनले संसद्मा उभिएर भने।

हुन त रास्वपा कार्यकर्तालाई थामथुम पार्न उनले पार्टी कार्यालय र फेसबुकलाई सदुपयोग गर्न सक्थे । तर उनले संसद्को मञ्चबाट रास्वपाका कुनै सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी र बुलिङमा सहभागी भएको पाइए तत्काल कारबाही गरिने चेतावनीसमेत दिए।

‘यदि रास्वपाको कुनै सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी र बुलिङमा सहभागी भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,’ उनले संसद्बाट आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै भने ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : ५३ बजे

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको