पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते « Khabarhub

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त जानकारी दिएका छन् ।

मङ्गलबार राति थट्टा जिल्लामा दुर्घटना भएको हो । दुर्घटनाको सूचना प्राप्त भएपछि ‘रेस्क्यु ११२२’को टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

स्थानीय बासिन्दाले निजी सवारीसाधनमार्फत मृतक छ जनाको शव अस्पताल पुर्याएका थिए । घाइते १८ जनालाई भने रेस्क्यु ११२२को टोलीले सिभिल अस्पताल मक्लीमा पु¥याएको थियो ।

अधिकारीका अनुसार मृतकमध्ये दुई महिला र चार पुरुष छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ८ : १४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम