काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय थप गरिएको छ।
आज मिति २०८३ असोज २३ गते बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ३ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर साँझ ५ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा उल्लेख छ।
निर्धारित समयसीमाभित्रै उपस्थित भई मतदान गर्नुहुन सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता एवं सरोकारवालाहरूलाई अनुरोध गरिएको छ।














प्रतिक्रिया