एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने « Khabarhub

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने बिषयमा छलफल भएको छ ।
 

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन, तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो । 

रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भए पनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ ।

बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन्  । 

मनोनयनका विषयमा स्थायी कमिटीका सदस्यहरूले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेको उनले बताइन् ।

बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउँदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नै भएको बताएको सचिव अर्यालले जानकारी दिइन्

साथै भण्डारीले विगतका आन्दोलनहरूमा आफू स्वयं सरिक भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई अझ सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भई योगदान पुर्याउने मनसायका साथ पार्टी जीवनमा फर्किएको धारणा राख्नुभएको सचिव अर्यालले उल्लेख गरिन् । 

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ३० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका