बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने   « Khabarhub

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर लामो बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाली सेनाले पुलको बेसलाई शुक्रबार रसुवातर्फको एबटमेन्ट (पुलको दुवै भागमा बनाइने कंक्रिट पर्खाल जसले पुललाई मुख्य सडकसँग जोड्छ)मा टेकाएको छ । 

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । 

नेपाली सेनाले घटस्थापनाअघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने र रसुवातर्फको आवागमन सहज बनाउने काम अघि बढाउने योजना बनाएको छ ।

भोटेकोशी बाढीका कारण बेत्रावती क्षेत्रमा आवागमन प्रभावित भएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क सहज बनाउन बेलिब्रिज निर्माण अघि बढाइएको हो । पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि दुवै जिल्लाका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।

फलाखु खोलाको पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा तथा यात्रुहरूले आवतजावतमा कठिनाइ भोग्नुपरेको थियो । विशेषगरी दैनिक आवतजावत गर्ने नागरिक, व्यापार व्यवसायमा संलग्न व्यक्ति तथा जिल्लामा आवश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन प्रभावित भएका थिए ।

तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ४७ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा