बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो « Khabarhub

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाँउपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेङ्गको सङ्क्रमण देखिएको छ ।

नेपालगञ्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालहरूमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए। उनका अनुसार डेङ्ग सङ्क्रमण देखिएका बिरामीमध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।

त्यसैगरी डेङ्ग सङ्क्रमणको जोखिम बढेपछि जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ । डेङ्ग सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय तहका २३ वटा वडामा लामखुट्टेको बासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताए ।

उनका अनुसार अभियानअन्तर्गत घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेङ्ग सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।

नेपालगञ्जको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृतसमेत रहनुभएका कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालले केही दिनभित्रै लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरी सम्बद्ध सरोकारवालासँग छलफल गरिएको बताए ।

उनका अनुसार विगतमा सञ्चालन गरिएको ‘लार्भा खोज र नष्ट गर’ अभियानपछि डेङ्ग सङ्क्रमण घटेको थियो। डेङ्गु सार्ने लामखुट्टे मङ्सिरसम्म सक्रिय रहने भएकाले सो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : १२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका