दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण « Khabarhub

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ ।

सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो । सङ्कलित विवरण पुरातत्त्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’मा समावेश गरिएको छ ।

परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्त्व विभागको सहकार्यमा सञ्चालन भएको हो । परियोजनाका लागि बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

यसमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी), युनेस्को नेपाल, काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौँ कार्यालयले पनि सहकार्य गरेका थिए । प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत संलग्न थियो ।

परियोजना सम्पन्न भएसँगै डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख र व्यवस्थापन नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले गर्नेछ । 

परियोजना प्रमुख प्राडा क्रिष्टियाने ब्रोसियसका अनुसार यो डिजिटल भण्डारले अनुसन्धानकर्ता, विद्यार्थी र सम्पदाप्रेमीलाई अध्ययन तथा संरक्षणका लागि आधार उपलब्ध गराउनेछ । परियोजनाको समापनलाई सम्पदा संरक्षणको नयाँ यात्राको सुरुआतका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्न तथा सहज पहुँच सुनिश्चित गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए । डेटाबेसको व्यवस्थापनलाई निरन्तरता दिँदै अध्ययनकर्ता र सम्पदा क्षेत्रमा कार्यरत विज्ञलाई जानकारी उपलब्ध गराइने उनले जानकारी दिए ।

परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन र सांस्कृतिक सम्पदाको पनि विस्तृत अभिलेख तयार पारिएको ब्रोसियसले जानकारी दिए । बाढीबाट क्षति पुगेका वा बगेका संरचनाको पुरानै स्वरूपमा पुनर्निर्माण र संरक्षण गर्न ती अभिलेख उपयोगी हुने उनको भनाइ थियो ।

जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात पनि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ, यात्रा संस्मरणलगायत छन् ।

सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा यी सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई सुम्पिइएको थियो । जर्मनीमा संरक्षण, डिजिटलाइजेसन र सूचीकरणको काम पूरा भएपछि ती सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई बुझाइएको हो । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १२ : १५ बजे

कर्णालीविरुद्ध पोखराले टस जित्यो

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौँ– नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

काठमाडौं– पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटका पट्काउने क्रममा छर्रा