जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु « Khabarhub

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीको अन्ताल्यामा सुरु भएको छ ।

दुई सातासम्म सञ्चालन हुने सम्मेलनमा करिब २०० देशका एक लाखभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरण, स्वच्छ ऊर्जाको प्रयोग विस्तार र विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने विषयमा छलफल हुनेछ ।

यसपटकको सम्मेलनमा ऊर्जा सङ्कट र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सहमति जुटाउन चुनौती देखिएको छ । इरानसँगको अमेरिकी युद्ध र युक्रेनमा जारी रुसी आक्रमणले ऊर्जा मूल्यमा पारेको प्रभावले जलवायु कार्ययोजनाबारे साझा धारणा बनाउन कठिन बनाएको छ ।

युरोपमा बढ्दो तापक्रम, इन्डोनेसियाको वन डढेलो र हिमनदी पग्लिएपछि नेपालमा आएको विनाशकारी बाढीलगायत घटनाले जलवायु सङ्कटको गम्भीरता थप उजागर गरेका छन् । यसै वर्षको अन्त्यतिर एल निनो उत्कर्षमा पुग्ने अनुमान गरिएकाले सन् २०२६ वा २०२७ हालसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने पूर्वानुमान गरिएको छ ।

सम्मेलनको अध्यक्षता टर्कीले गर्नेछ भने वार्ताको नेतृत्व अस्ट्रेलियाले गर्नेछ । विगतका जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड दिइने भएकाले यस सम्मेलनलाई ‘कार्यान्वयन कोप’ का रूपमा अघि बढाइएको छ ।

सम्मेलनमा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा पनि छलफल हुनेछ । यद्यपि, यस विषयमा विभिन्न देशबीच मतभेद कायमै छ । युरोपेली सङ्घले स्वच्छ ऊर्जामा आधारित विद्युतीकरणलाई प्राथमिकता दिँदै आएको छ भने तेल उत्पादक राष्ट्रहरू जीवाश्म इन्धनसम्बन्धी कडा प्रतिबद्धताको विपक्षमा देखिएका छन् ।

त्यस्तै, विकासशील राष्ट्रले जलवायु अनुकूलनका लागि थप आर्थिक सहायता माग गरेका छन् । विशेषगरी अफ्रिकी देशहरूले समुद्री तट संरक्षण र खडेरी प्रतिरोधी कृषि प्रणाली विकास गर्न अनुकूलनसम्बन्धी वित्तीय सहायता तीन गुणा बढाउनुपर्ने माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग गरेपछि अमेरिकी सरकारका अधिकारी सम्मेलनमा सहभागी भएका छैनन् । यद्यपि, अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल भने सम्मेलनमा सहभागी हुने भएको छ ।

दुई सातासम्म चल्ने सम्मेलनबाट जलवायु प्रतिबद्धताको कार्यान्वयन र आर्थिक सहयोगका विषयमा ठोस सहमति जुट्ने अपेक्षा गरिएको छ । अजरबैजानका प्रमुख वार्ताकार याल्चिन रफियेभले सम्मेलनको सकारात्मक वातावरणलाई सफल परिणाममा परिणत गर्न सहभागी राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १ : १७ बजे

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने

सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै

काठमाडौँ– सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

कर्णालीविरुद्ध पोखराले जित्यो टस

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा