इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी « Khabarhub

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले इरानका मागहरू अस्वीकार्य र अव्यावहारिक रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको बताएका हुन् ।

जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता निष्कर्षमा पुग्न नसकेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले तेहरानका मागलाई अस्वीकार गरेका छन् ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत उनले युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व थप चर्काउने भन्ने निर्णय अमेरिकाको हातमा रहेको बताएका हुन् । इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको उल्लेख गर्दै उनले त्यसलाई अस्वीकार गरे इरानी सेनाले कडा जवाफ दिने चेतावनी दिएका छन् ।

अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास प्रभावित भएको पनि बताएका छन् ।

निर्वाचन परिणामपछि मध्यस्थकर्ताहरूलाई पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बनाउन केही समय लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १ : ०७ बजे

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने

सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै

काठमाडौँ– सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

कर्णालीविरुद्ध पोखराले जित्यो टस

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौँ– नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका