आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार « Khabarhub

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले आवश्यकताभन्दा बढी कठोर नीति अपनाएको स्वीकार गरेका छन् ।

उनले सामूहिक रूपमा आप्रवासीलाई देशनिकाला गर्ने नीतिका कारण राजनीतिक रूपमा समेत क्षति पुगेको बताएका छन् ।

सीबीएस टेलिभिजनको कार्यक्रम ‘६० मिनेट्स’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी सीमामा अवैध रूपमा प्रवेश गर्ने आप्रवासीको सङ्ख्या घटाउन आफ्नो प्रशासनले राम्रो काम गरेको दाबी गरे । यसका लागि आफूले ‘ए प्लस’ अङ्क पाउनुपर्ने उनको भनाइ थियो ।

उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई देशबाट निकाल्ने कामका लागि भने आफूले उच्च मूल्याङ्कन पाउनुपर्ने बताए ।

गत मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा आप्रवासनको मुद्दा आफ्नो रिपब्लिकन पार्टीका लागि फाइदाजनक र नोक्सानदायी दुवै बनेको ट्रम्पले उल्लेख गरे ।

यद्यपि, अमेरिकी गृह सुरक्षा विभागले अवैध आप्रवासीविरुद्ध अपनाइएको कडा नीतिबाट सरकार पछि नहट्ने स्पष्ट पारेको छ ।

मध्यावधि निर्वाचनका दिन गरिएको सर्वेक्षणअनुसार आप्रवासन मतदाताका लागि तेस्रो सबैभन्दा महत्त्वपूर्ण चुनावी मुद्दा बनेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १ : ३० बजे

एनपीएलमा युवराज सम्राको शतक, पोखरा एभेन्जर्स बलियो स्थितिमा

काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने