काठमाडौं -प्रहरीले देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुर्खेतबाट ४१, सर्लाहीबाट २६, धनुषाबाट १८ तथा ललितपुर र काभ्रेपलाञ्चोकबाट ११/११ जना पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब २५ लाख रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया