आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार सन् २०२६ जनवरी ९ तारिख । माघ कृष्ण पक्षको षष्ठी उपरान्त सप्तमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : अचानक खर्च बढ्नेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

वृष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ । शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

मिथुन : आम्दानी बढ्नेछ । बोलीमा सरस्वतीले बास गरेकाले बोलेको कुरा कार्यान्वयन हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । कतै भइरहेको शुभकार्यमा सरिक भइनेछ ।

कर्कट : दिन सामान्य छ । साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ । शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह : दिन राम्रो छ । थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ ।

कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्यबाट लाभ मिल्नेछ । रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : अरुको विश्वास गर्दा घाटा हुनसक्छ । विवेक प्रयोग गर्नु राम्रो हुनेछ । घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : आज आम्दानी हुनेछ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार र पठनपाठनमा मन जानेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । बोलेको कुरा कार्यान्वयन हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन् । स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

मकर : शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ । मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

कुम्भ : मन अशान्त हुनेछ । गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ । रोगले सताउने जोखिम छ । धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ ।

मीन : दिन राम्रो छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ मिल्नेछ । बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ । मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : १२ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी