तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन « Khabarhub

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा धार्मिक सत्ताविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन भएको देखिन्छ। केही स्थानमा ‘शाह जिन्दाबाद’का नारा पनि सुनिएका छन्।

बीबीसी फारसीका अनुसार ती भिडियोहरू पुष्टि भइसकेका छन्। रिपोर्टमा उल्लेख भएअनुसार पछिल्ला वर्षहरूमा धार्मिक सत्ताविरुद्ध देखिएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ।

गुरुवार साँझ तेहरान र देशको दोस्रो ठूलो सहर मशहदमा शान्तिपूर्ण प्रदर्शन भएका थिए। प्रारम्भिक चरणमा सुरक्षा बलले ती प्रदर्शनमा हस्तक्षेप नगरेको बताइएको छ।

यद्यपि, एक अनुगमन समूहले प्रदर्शन फैलिँदै गएपछि देशभर इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ। इन्टरनेट बन्दसँगै वास्तविक अवस्था र घटनाको विस्तृत विवरण बाहिर आउन कठिन भएको छ।

प्रदर्शनको कारण र आगामी अवस्था बारे इरानी अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ०० बजे

तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी