तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन « Khabarhub

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा धार्मिक सत्ताविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन भएको देखिन्छ। केही स्थानमा ‘शाह जिन्दाबाद’का नारा पनि सुनिएका छन्।

बीबीसी फारसीका अनुसार ती भिडियोहरू पुष्टि भइसकेका छन्। रिपोर्टमा उल्लेख भएअनुसार पछिल्ला वर्षहरूमा धार्मिक सत्ताविरुद्ध देखिएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ।

गुरुवार साँझ तेहरान र देशको दोस्रो ठूलो सहर मशहदमा शान्तिपूर्ण प्रदर्शन भएका थिए। प्रारम्भिक चरणमा सुरक्षा बलले ती प्रदर्शनमा हस्तक्षेप नगरेको बताइएको छ।

यद्यपि, एक अनुगमन समूहले प्रदर्शन फैलिँदै गएपछि देशभर इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ। इन्टरनेट बन्दसँगै वास्तविक अवस्था र घटनाको विस्तृत विवरण बाहिर आउन कठिन भएको छ।

प्रदर्शनको कारण र आगामी अवस्था बारे इरानी अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ०० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर